मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु
झापा | जेठ २५, २०८२
झापा: पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कमल गाउँपालिका–३ सानो केर्खास्थित गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मृत्यु हुनेमा इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बिओपी)मा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक पुरनलाल राजवंशी रहेका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोडबाट केर्खातर्फ जाँदै गरेको प्र१–०२–००५२ प ७०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको उहाँले बताउनुभयो ।
प्रनाउ खड्काका अनुसार दुर्घटनामा गम्भीर घाइते सप्रनानि राजवंशीको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

